दफा ५१९
कार्यान्वयन नहुने करार

(१) अदालतबाट कार्यान्वयन गराउन नसकिने करारलाई कार्यान्वयन नहुने करार मानिनेछ ।
(२) यस भागको परिच्छेद–२ बमोजिमको रीत पु¥याई करार सम्पन्न भएको भए तापनि देहायको करार अदालतबाट कार्यान्वयन हुन सक्ने छैन :–
(क) कानून बमोजिम लिखित रूपमा हुनु पर्ने करार लिखित रूपमा नभएकोमा,
(ख) कानून बमोजिम कुनै खास औपचारिकता, कार्यविधि पूरा गरी गर्नु पर्ने वा कुनै निकायमा दर्ता गर्नु पर्ने व्यवस्था भएको करार त्यस्तो औपचारिकता, कार्यविधि पूरा नभई भएको वा दर्ता नभएकोमा,
(ग) अर्को व्यक्तिको तर्फबाट करार भएकोमा त्यस्तो व्यक्तिले अख्तियारी नदिएको विषयमा वा दिएको अख्तियारी नाघी करार गरेकोमा ।